पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगतका लागि चेतावनी’ बताएका छन् । आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो …