स्याङ्जा – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल बीच प्रतिस्पर्धा हुने भएको छ ।
स्याङ्जाको क्षेत्र नम्बर २ का लागि उहाँहरु दुवैले उम्मेदवारी दर्ता गराउनु भएको हो । वालिङ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गराउनु भएको हो ।
यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभाको लागि (क) मा भोजराज अर्याल र (ख) मा महेश भट्टराईले मनोनयन दर्ता गराउ...