काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै पार्टीमा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाही गर्ने सूची तयार गरिसकेका छन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदमाथि कारबाही गर्ने गरी सूची तयार गरेका हुन् । माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदको हस्ताक्षरले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । […]