भारतीय प्रधानमन्त्रीले भने– ‘कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयो

सम्बन्धित सामग्री

हायात प्लेस अब ‘हायात सेन्ट्रिक’

काठमाडौं। हायात होटल कर्पोरेशन र सिटी होटल लिमिटेडले काठमाडौंको सोल्टीमोडमा रहेको हायात प्लेस काठमाडौंलाई ‘हायात सेन्ट्रिक’को नामबाट रिब्राण्डिङ गर्ने सहमतिसहित सोको घोषणा गरेका छन् । हायात सेन्ट्रिकमा व्यवस्थित प्रवेशद्वार, स्काई बार, लङ लगायतका परिस्कृत सुविधा थप गरिएको बताइएको छ । होटलबाट छोटो दूरीमा रहेका विश्वसम्पदा सूचीमा परेका विभिन्न पर्यटकीय स्थल लगायतमा छोटो दूरीमै भ्रमण र अवलोकन गर्न पर्यटकका लागि थप सुविधा हुने अपेक्षा गरिएको छ । ‘काठमाडौंको केन्द्रमा अवस्थित होटलले पाहुनाका लागि सहयोग त पुग्छ नै, पहिलो हायात सेन्ट्रिक होटल नेपालमा सञ्चालनमा आउँदा दक्षिण र पश्चिम एसियामा हाम्रो पोर्टफोलियो बलियो बन्छ,’ हायातका भारत तथा दक्षिण पश्चिम उपाध्यक्ष धु्रव राठौरले भने । सिटी होटल लिमिटेडमा कार्यकारी निर्देशक अक्षय गोल्यानले ‘हायात सेन्ट्रिक’ले पाहुनाका अपेक्षा तथा आवश्यकता पूरा गर्न उपयुक्त विकल्पको रूपमा प्रस्तुत हुने बताए । होटलका महाप्रबन्धक वरुण तल्वारले रिब्राण्डिङपछि काठमाडौंको अग्रणी होटलको रूपमा स्थापित हुन थप बल पुगेको बताए । पाहुनालाई नयाँ अनुभूति दिन होटल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गर्नुभएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको छ ।

एमएडब्लू वृद्धिले ओएसएमका विद्युतीय सवारी भित्र्याउँदै

काठमाडौं (अस) । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम) का विद्युतीय सवारी बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लू वृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लू वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी नेपाली बजारमा ल्याउनेछ । वातावरण सुरक्षामा प्रतिबद्ध रहेको र नेपाललाई सुहाउँदा विद्युतीय सवारी भित्र्याउन लागेको कम्पनीले बताएको छ । पहिलो चरणमा एमएडब्लू वृद्धिले थ्री ह्वीलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अँगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगलियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र अन्य मुलुकमा  अटोमोटिभ र इन्जिनियरिङ उद्योगका लागि स्टिल पार्ट्स निर्माण गरिरहेको छ । यो समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार, उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजना ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकीले आनो इन–हाउस आर एन्ड डी सुविधामा थ्री ह्वीलर सवारी साधन आकर्षक डिजाइनमा विकास गरेको छ ।

एमसिसी पारित गराउन सहयोग गर्ने सबैलाई मन्त्रिपरिषद बैठकबाटै धन्यवाद ज्ञापन

नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन, एमसिसीसम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।यसका लागि सहज वातावरण बनाइदिने सरकारमा सहभागी तथा गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दल, सभामुख र प्रतिनिधिसभाका सदस्यहरु सबैलाई मन्त्रिपरिषद्को बैठकले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।त्यसैगरी सरकारले यसका लागि प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नागरिक समाज, सञ्चार जगत्, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा धन्यवाद व्यक्त गरेको छ ।बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी मित्र राष्ट्रहरु भारत, चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन पनि नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुप्रति पनि नेपाल सरकारले आभार व्यक्त गरेको छ ।

क्षेत्रीय सहयोग र एकतालाई सुदृढ गर्न भारत प्रतिबद्ध : मोदी

इन्डिया न्युज नेटवर्क । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७औँ बडापत्र दिवसमा मंगलबार सबै राष्ट्रका जनतालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो लिखित सन्देशमा सार्क राष्ट्रका सम्पूर्ण जनतालाई यस अवसरमा बधाई सन्देश दिनु भएको छ । ‘सार्कको संस्थापक […]

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।           त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभयो ।           निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।     प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।          त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । “आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु”, उहाँले भन्नुभयो ।          निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।

भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो । निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ । उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।