एमएडब्लू वृद्धिले ओएसएमका विद्युतीय सवारी भित्र्याउँदै

काठमाडौं (अस) । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम) का विद्युतीय सवारी बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लू वृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लू वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी नेपाली बजारमा ल्याउनेछ । वातावरण सुरक्षामा प्रतिबद्ध रहेको र नेपाललाई सुहाउँदा विद्युतीय सवारी भित्र्याउन लागेको कम्पनीले बताएको छ । पहिलो चरणमा एमएडब्लू वृद्धिले थ्री ह्वीलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अँगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगलियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र अन्य मुलुकमा  अटोमोटिभ र इन्जिनियरिङ उद्योगका लागि स्टिल पार्ट्स निर्माण गरिरहेको छ । यो समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार, उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजना ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकीले आनो इन–हाउस आर एन्ड डी सुविधामा थ्री ह्वीलर सवारी साधन आकर्षक डिजाइनमा विकास गरेको छ ।

सम्बन्धित सामग्री

पाँच अर्बका विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।...

विद्युतीय सवारी साधनको प्रयोगमा जोड

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउन विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिएको छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि भन्दै प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, […]

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।...

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौँ- देशभित्र उल्लेख्य रूपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रूपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको […]

लुम्बिनीमा दुई महिनापछि विद्युतीय सवारी सञ्चालन हुने

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘कार्यविधि बनाएर थन्क्यिाइएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौँमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ’, कोषका सदस्यसचिव सानुराजा शाक्यले भने । कोषको बैठकले […]

विद्युतीय सवारी साधन बन्न सक्छ समृद्धिको आधार

पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्र्नेे घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । तर, विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुने विकिरणबाट जोगिन समयमा […]

यसकारण महँगो होइन विद्युतीय सवारी

नेपालमा विद्युतीय सवारी साधनहरुको अहिलेको अवस्था अन्त्यन्तै नाजुक छ ।  विद्युतीय सवारी साधनप्रति भ्रम र सरकारले गरेको बेवास्ताको कारण विद्युतीय सवारी साधनको सोचअनुसार चर्चा भइरहेको छैन । सामान्यतया नेपालीहरु एउटाले जे गर्‍यो, अर्कोले पनि त्यहि गर्ने स्वभावको हुन्छन्, विद्युतीय बसमा भने त्यस्तो खासै प्रतिस्पर्धा नै भएको छैन । पहिले हेर्ने, अनि ठीक छ कि छैन […]

स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा

पछिल्लो समय धेरै स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा छन्।

विद्युतीय सवारी निर्माणको लक्ष्य बोकेको ‘यात्री’

यात्रीका संस्थापक अशिम पाण्डेका अनुसार नेपालमा विद्युतीय सवारी निर्माण र सञ्चालनको निकै खाँचो छ। नेपालमा यतिबेला विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि विद्युतीय सवारी आयातमा सकारात्मक चासो देखाइरहेको छ।