भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो । निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ । उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

सम्बन्धित सामग्री

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।...

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपांगता...

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाए

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । निजामति सेवा दिवस २०७८ को अवसर पारेर खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् । निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा खोप विशेष कार्यक्रम आयोजना गरेको थियाे । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले पहिलो डोज लगाएका […]

निजामती कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप

निजामती कर्मचारीहरूले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।  सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन् ।कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई क

आमाले कोरोनाविरुद्धको खोप लगाए शिशु पनि सुरक्षित

काठमाडौं, साउन १९ । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् । स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य […]

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।…