क्षेत्रीय सहयोग र एकतालाई सुदृढ गर्न भारत प्रतिबद्ध : मोदी

इन्डिया न्युज नेटवर्क । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७औँ बडापत्र दिवसमा मंगलबार सबै राष्ट्रका जनतालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो लिखित सन्देशमा सार्क राष्ट्रका सम्पूर्ण जनतालाई यस अवसरमा बधाई सन्देश दिनु भएको छ । ‘सार्कको संस्थापक […]

सम्बन्धित सामग्री

राहुल गान्धीको भारत जोडो यात्रामा मोदी–मोदी भन्दै नारा लगाएपछि…

एजेन्सी, १२ मंसिर । राहुल गान्धीको भारत जोडो यात्रा सोमबार बडा गणपति स्क्वायरबाट सुरु भएको छ । साँवेर रोड मोडर्न क्रसरोड नजिकैको यात्रामा २ युवाले मोदी–मोदी भन्दै नारा लगाएका थिए । राहुल गान्धी रोकिए र ती युवाहरुलाई बोलाउन लगाए । त्यतिन्जेल दुवै युवक फरार भएका थिए । बारा गणपतिबाट निस्केको यात्रा किला मैदान हुँदै जिन्सी […]

मोदी लुम्बिनी आउँदै, यस्तो छ कार्यक्रम तालिका

काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन् । २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीले लुम्बिनी आउनु अघि हिजो नै एक वक्तव्य जारी गरेका थिए । उनले नेपालसँग भारतको सम्बन्धलाई अतुलनीय भनेका छन् । भारत र नेपालबीच पौराणिक सभ्यता देखि जनस्तरको सम्बन्ध र सम्पर्क समेत […]

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउने

काठमाडौं, २० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् । मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले […]

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन

भारत सरकारको २५ करोड अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको  कास्कीको लह चोकमा उद्घाटन भएको छ । भारत स्वतन्त्र भएको...

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

कास्की– मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन गरिएको छ । सोमबार कास्कीको लह चोकमा भारत सरकारको ऋण सहयोगमा निर्मित मोदी–लेखनाथ विद्यु्त प्रशारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गतका तीन वटा सबस्टेसनहरूको उद्घाटन गरिएको हो । भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा यी सबस्टेसनहरूको निर्माण गरिएको हो । मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत […]

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

एजेन्सी नयाँ दिल्ली, २७ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो […]

भारत आउन तयार भए पोप फ्रान्सिस

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पोपबिच भेटवार्ता भएको थियो। त्यसक्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। पोपले मोदीको निमन्त्रणालाई 'सबैभन्दा राम्रो उपहार' भनेको भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। मोदी र पोपबिच…

मोदी र बाइडेनबीच फोनवार्ता

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोनवार्ता भएको छ। अबेर राति भएको टेलिफोन वार्तामा दुई नेताबीच भारत र अमेरिकामा रहेको कोरोना संकटका विषयमा कुराकानी भएको थियो। मोदीले ट्विट गर्दै बाइडेनसँग खोपको कच्चा पदार्थ र औषधि आपूर्तिका विषयमा कुराकानी भएको जानकारी दिएका छन्। बाइडेनले कोरोनाविरुद्धको लडाईमा आपतकालीन सहायता र उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।