काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयले पछिल्लो समय प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग जोडिएर आएका समाचारको खण्डन गरेको छ।
'कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल…