नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समूह विभाजन गरेर सुरु गरिएको छलफलमा प्रदेश नम्बर १ को टोली नेताको रुपमा धारणा राख्दै नेता राम कार्कीले पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने धारणा राखे ।‘गठबन्धनले समाजवादको कार्यक्रमबारे बोलेको छैन, साथीहरुले समाजवादको साझा कार्यक्रम तय गरेर अघि बढ्नुपर्छ भन्नुभएको छ’ कार्कीले बैठकमा भने । यस्तै उनले पार्टीभित्र आत्मसमीक