एमसीसीलाई लेखेको पत्र आधिकारिक हो कि होइन, पार्टी बोल्नुपर्छ– राम कार्की

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई लेखेको पत्रलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । पत्र सार्वजनिक भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाइसकेका छन् । एमसीसीलाई लेखेको पत्र रणनीतिक रूपमा सार्वजनिक गरिएकोमा माओवादीको आपत्ति छ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभाका सदस्य राम कार्कीले सार्वजनिक भएको पत्रबारे पार्टी बोल्नुपर्ने बताए । ‘अहिले सार्वजनिक भएको पत्रबारे, त्यो भएको हो होइन पार्टीले बोल्नुपर्छ, त्यसमा कति आधिकारिक हो ? के उद्देश्यले ल...