ओलीका कारण देशकाे परिवर्तन धरापमाः प्रदेश इन्चार्ज कार्की

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

देवेन्द्र पौडेलको समीक्षा : अब जनतातिर नफर्के पार्टी रहँदैन

३ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लागेको बताएका छन् । आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारकै नेतृत्व गरेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने धारणा राखेका छन् । यही निष्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय […]

कर्णाली : सोमबार सदन बस्ने‚ सरकार विस्तारको सम्भावना

सुर्खेत : माओवादी-कांग्रेसको सत्ता समीकरण भएसँगै कर्णालीमा मन्त्रालयको संख्या फेरि ८ वटा बनाउने सहमति नजिक पुगेका छन्।यसका साथै स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यही विषयमा केन्द्रित रहेको छ। सोमबार प्रदेशसभाको बैठक बस्ने भएकाले विश्वासको मतसँगै सरकार विस्तार हुने सम्भावना बढेको छ।गठबन्धनका नेताहरु आइतबार दिनभरि छलफलमा रहेका छन्। यही छलफलमा केन्द्रित हुनुपर्ने भएका कारण जाजरकोटमा माओवादीको समीक्षा छाडेर प्रदेश इन्चार्ज कालीबहादु

समृद्ध नेपाल, सुखी नेपालीको नारा विचारमात्र नभएर दर्शन पनि हो : एमाले सचिव भट्ट

कञ्चनपुर  ः नेकपा (एमाले)का केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा विचारमात्र नभएर दर्शनसमेत भएको बताएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको तयारी सम्बन्धी जानकारी दिन मंगलबार पार्टी कार्यालय मदन आश्रित सदनमा गरिएको पत्रकार सम्मेलनमा उनले देशी विदेशी शक्तिहरूका कारण समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल हुन नसकेको बताए।सचिव भट्टले सत्तारुढ गठबन्धन सरकार एमालेविरुद्ध भ्रम फैलाउन लागेको उल्लेख गर्दै देशक

एमाले विवाद समाधान गर्न प्रदेश इन्चार्ज कँडेल दैलेख जाँदै

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि भएको मतदानमा ३१ मत फर्जी भेटिएका कारण भएको विवाद समाधान गर्न एमाले स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दैलेख गएका छन् । दैलेखमा ७ सय २१ मतदाता रहेकोमा ७ सय १७ मत खसेको थियो । ती सबै मतपत्र मतगणना क्रममा खोलेर हेर्दा ७ सय […]

माओवादी बुटवलमा चरम  विवाद : अझै नेतृत्व चयन हुन सकेन

नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर नेतृत्व छान्ने विषयमा चरण विवाद देखिएको छ  । गत मंसिर १८ गते पूर्वमन्त्री एवं प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव )ले उद्घाटन गरे पनि आज सम्म नेतृत्व चयन गर्न सकेको छैन । सहमतिमा नेतृत्व चयनका नाममा अधिवेशन सकिए पनि अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहीन अवस्थामा रहेको हो । विवादका कारण  प्रदेश प्रतिनिधि पनि छनौट गर्न सकेको छैन ।केही नेताहरूले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध जनाइरहेका छन्

उदयपुरमा ३ स्थानीय तहको अधिवेशन लम्बियो

कांक्षी धेरै भएका कारण ६५ सदस्यीय नगर कमिटीदेखि पदाधिकारी छान्नेसम्म चुनावै गराउनुपर्ने अवस्था आएको प्रदेश इन्चार्ज राजन किरातीले बताए।...

ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : नेकपा (एस) सचिव विश्वासी

नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् ।  शनिवार रूपन्देहीको भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओलीले अघि बढेको बताए ।  ‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ,’ उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ...

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा :अष्टलक्ष्मी शाक्य

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरिन् । नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने […]

'केपी ओलीको सत्तालिप्साकै कारण गणतन्त्र समाप्त हुने स्थितिमा छ'

काठमाडाैं : नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी छन्। एमाले नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहणमा शाक्यले ओलीकै कारण संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताइन्।अध्यक्ष ओलीले गणतन्त्र ल्याउन लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत उनले लगाइन्।

कैलालीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप, कारण यस्तो !

कैलाली । कैलालीमा नेकपा (एमाले) का दुई पक्षीय कार्यकर्ताबीच झडप भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच बुधबार झडप भएको हो । पार्टी कार्यालयमा ओली पक्षीय कार्यकर्ताले राखेको बोर्ड नेपाल पक्षले तोडफोड गरिदिएपछि दुवै समूहबीच झडप भएको थियो । एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट कि भीम रावल भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको अवस्था आएको हो । एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए । त्यो बोर्ड माधव नेपाल पक्षीय कार्यकर्ताले तोडफोड गरेपछि नेपाल र ओलीपक्षीय कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता लेखराज भट्ट ओली पक्षमा उभिएर सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, माधव नेपाल पक्ष भने भीम रावल नै प्रदेश इन्चार्ज हुनुपर्ने अडानमा छ । झडपपछि पार्टी कार्यालय आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।