धनकुटा : नेपाली कांग्रेस प्रदेश नं.१ कार्य समितिले धनकुटाका तीन नगरपालिकाको प्रमुखका उमेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दिनेश राईलाई धनकुटा नगरपालिकाको प्रमुखमा उमेदवारी दिने निर्णय गरेको छ। राई यसअघि पनि प्रमुखमा झिनो मतले पराजित भएका थिए।महालक्ष्मी नगरपालिकाको प्रमुखमा धुव्रराज राय, पाख्रिवास नगरपालिकाको प्रमुखमा ज्ञानवहादुर गुरुङलाई उम्मेदवार बनाउने टुंगो लागेको नेपाली कांग्रेस धनकुटाका प्रवक्ता खगेन्द्र घिमिरेले बताए।गुरुङ यसअघि उपप्रमुखका उम्मेदवार रहेका थिए