सुर्खेतमा वैशाख १४ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।कोभिड संक्रमण फैलिने क्रम बढेपछि वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता ४ पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । अहिले ३१ गतेसम्म थपिएको निषेधाज्ञामा विकास निर्माणका कामहरुमा कडाई नगर्ने निर्णय भएको छ