अनेरास्ववियुका नेताहरू रिहा

हेटौंडा– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामै बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् । अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुष्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे […]

सम्बन्धित सामग्री

अपदस्थ सुडानका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न सेना तत्पर

एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको हो । उहाँसँगै सबै राजनीतिक बन्दीहरूलाई पनि रिहा गरिने भएको छ । सेना, नागरिक नेताहरू र पूर्व विद्रोही समूहहरू बीचको नयाँ सम्झौतापछि सुडानमा नयाँ राजनीतिक […]

अन्ततः सुडानका प्रधानमन्त्री रिहा

एजेन्सी । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ ।यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ ।

३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य, तत्काल रिहा गर्न माग

नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन्। उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरू सरकारसँग माग गरेका छन् ।

म्यान्मार चर्कंदै प्रदर्शन, अमेरिकाद्वारा सैनिक नेताविरुद्ध प्रतिबन्ध घोषणा

काठमाडौं । सैनिक कूविरुद्ध म्यानमारमा प्रदर्शन चर्कंदै गएको छ । दैनिक हजारौं नागरिक सडकमा उत्रिएर स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् । नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। सू चीसहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । म्यानमारका सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी अमेरिकी राष्ट्रपति जो बाइडनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुनेछ। बीबीसीका अनुसार अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ। प्रदर्शनका क्रममा मंगलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो। अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन् । आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भने, ‘म्यान्मारका जनताले आफ्नो आवाज सुनाउँदैछन् र विश्वले सबै हेरिरहेको छ।’ पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन्। यसअघि रोहिंज्या मुस्लिमहरूविरुद्ध दमन गरेको आरोपमा म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ।

प्रतिबन्ध फुकुवा र नेता-कार्यकर्ता रिहापछि मात्रै सरकारसँग वार्ता : विप्लव समूह

विप्लव समूहका एक नेताले सरकारले आफूहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेकाे बताए

गिरफ्तार विद्यार्थी नेताहरु रिहा

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् । अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार ‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’ रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो । प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो । अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।

माइला लामा अदालतकाे आदेशमा छुटेलगत्तै पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका इञ्चार्ज माइला लामा रिहा भएलगत्तै पुन: प्रहरीले पक्राउ गरेको छ। लामासहित चारजना नेकपाका नेताहरू रिहा भएलगत्तै आइतबार दिउँसो पुनः पक्राउ परेका हुन्। जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले ब...