पोखरा । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् ।
उनलाई कारबाहीको माग गर्दै मंगलबार बसेको पोखरा महानगरपालिकाको १२ औं नगर सभा स्थगित भएको हो। वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् ।
वडाध्यक्ष अधिकारीमाथि आइतबार उजुरी परेपछि मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...