काठमाडौं नजिकका होटेललाई सप्ताहान्तको भरथेग

काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् । आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित होटेल हिमालयन भिल्लाका सेल्स एन्ड मार्केटिङ प्रबन्धक हीरा श्रेष्ठले सप्ताहान्तमा यहाँका सबै होटेलहरूमा ८० प्रतिशतसम्म अकुपेन्सी पुग्ने गरेको बताए । अन्य दिन भने जम्मा ५ देखि १० प्रतिशत अकुपेन्सी हुने गरेको उनको भनाइ छ । विदाको दिन पारेर घुम्न, बस्न आउने गर्दा पनि अकुपेन्सी दर र बिजनेश पनि केही सुधार हुने गरेको श्रेष्ठले बताए । ‘अन्य दिनहरूमा ठूला होटेलहरूमा १०/१२ जना र सानामा चाहिँ ५/७ जनाको संख्यामा मात्रै आउनुहुन्छ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेको भए पनि यसले आगमनमा खासै फरक परेको छैन ।’ माघ, फागुन महीनामा पर्यटक आगमन र अकुपेन्सीमा सुधार भए पनि वैशाख १६ पछि जारी निषेधाज्ञापछि भने व्यवसाय नै गर्न नसकिएको उनले बताए । अहिले साउन १ गतेदेखि होटेल खुला गरिएको भन्दै छिटफुट रूपमा आन्तरिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक (एमडी) श्याम महतले भने आफ्नो होटेलको अकुपेन्सी ७ दखि ८ प्रतिशतसम्म रहेको बताए । उनले बन्दाबन्दी र कोरोना संक्रमण कम हुँदा आन्तरिक पर्यटक आगमन बढेको भए पनि केही दिनयता भने पर्यटक आउने क्रममा कमी आइरहेको जानकारी दिए । अहिले कोभिड तेस्रो लहरको त्रास र संक्रमण दर पनि बढेको हुँदा पर्यटक आगमन कम देखिएको उनी बताउँछन् । रकारले तोकेका स्वास्थ्य मापदण्डहरू पूरा गरेर नै सेवा उपलब्ध गराएको उनको भनाइ छ । उनले मौद्रिक नीतिमार्फत यो व्यवसायलाई राहत र पुनरुत्थान गर्ने खालका नीति ल्याउन आवश्यक भएको बताए । कोरानाको संक्रमण घट्दा र खोप पनि लगाएपछि व्यवसायीहरू उत्साहित बनेको भने देखिएको छ । धुलिखेल लगेज रिसोर्टका एमडीसमेत रहेका होटेल एशोसिएशन काभ्रेका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले यहाँका होटेलहरूको अकुपेन्सी औसतमा २५ प्रतिशत रहेको बताए । उनका अनुसार धुलिखेलमा हालसम्म ५० ओटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । केही दिनयता बढेको कोभिड–१९ को संक्रमण दरले भने अहिलेको आन्तरिक पर्यटक आगमन शून्यमा झर्ने हो कि भन्ने आंशकामा व्यवसायीहरू छन् । अहिले पनि पूर्ण रूपमा निषेधाज्ञा हटिसकेको भने छैन ।

सम्बन्धित सामग्री

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका घरानियाँ व्यापारी अरुणकुमार चौधरीको सर्वत्र चर्चा छ । यही काण्डमा चौधरीभन्दा पहिल्यै पक्राउ परेका अर्का ८२ वर्षीय सुकिला–मुकिला भीआइपीको भने खासै चर्चा छैन । हिन्दु परम्पराअनुसार चौरासी गर्ने बेला हुन लागेका धनकुटे काजी अजितनारायण सिंह थापा यतिबेला सीआइबीको नियन्त्रणमा छन् । […]

सारुक मृत्यु प्रकरण : नजिकका व्यक्तिहरुसँग बयान लिँदै प्रहरी

काठमाडौं- अभिनेता सारुक ताम्राकार मृत्युलाई लिएर प्रहरीले उनका नजिकका व्यक्तिहरुसँग बयान लिन थालेको छ। प्रहरीका अनुसार मृत्युको कारणबारे पत्ता लगाउन उनका नजिकका व्यक्तिहरुसँग बयान लिने क्रम सुरु भएको हो। प्रहरी वृत्त, मालीगाउँले रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेका व्यक्तिहरुको बयान लिएर घटनाको अनुसन्धान गरिरहेको छ। ताम्राकारको मृत्युलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कुराहरु […]

दाङमा किशोर–किशोरीको हत्या नजिकका आफन्तले गरेको आशंका

काठमाडौं, ३१ असोज । जंगलमा गाडिएको अवस्थामा फेला परेको दाङका दुई किशोर–किशोरीको हत्या आफन्तले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुबैजनाको टाउकोमा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट देखिएको प्रहरीको भनाइ छ । घटनाको प्रकृति हेर्दा उनीहरुको हत्यामा आफन्तको सम्लग्ना रहेको प्रहरीले आशंका गरेको छ । भने उनीहरुको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमको […]

हिउँ खेल्न काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

पुस १४, काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौं […]

‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडी नै आफ्नो सबैभन्दा नजिकका सल्लाहकार भएको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए। समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले सबै पक्षसँगको […]

संखुवासभा हत्याकाण्डको रहस्य खुल्यो, नजिकका नातेदार संलग्न

काठमाडौं, २६ भाद्र । संखुवासभाको उमलिङमा एकै परिवारका छजनाको हत्या भएको घटनाको रहस्य खुलेको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्याका अभियुक्त पीडित परिवारका आफन्त नै रहेको खुलेको छ । अभियुक्तले हत्या स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । हत्यामा कति जना संलग्न […]

सप्ताहान्तको भरथेगमा उपत्यका नजिकका होटेल

काठमाडौं, साउन २२ । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि […]

आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।