चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका घरानियाँ व्यापारी अरुणकुमार चौधरीको सर्वत्र चर्चा छ । यही काण्डमा चौधरीभन्दा पहिल्यै पक्राउ परेका अर्का ८२ वर्षीय सुकिला–मुकिला भीआइपीको भने खासै चर्चा छैन । हिन्दु परम्पराअनुसार चौरासी गर्ने बेला हुन लागेका धनकुटे काजी अजितनारायण सिंह थापा यतिबेला सीआइबीको नियन्त्रणमा छन् । […]