मेरो माइक्रोफाइनान्सका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा तथा शेयर अभौतिकीकरण गर्न अनुरोध

फागुन ५, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ ।  कम्पनीले मंसिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । बुक क्लोजको समयमा डिम्याट खातामा शेयर धारण गरेका शेयरधनीहरुको हकमा हितग्राही खातामा जम्मा गरिदिएको जानकारी गराएको हो ।  साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गरेपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने जानकारी गराएको छ ।  हालसम्ममा बाँडफाँट परेको शेयर प्राप्त नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सानलमा गइ बाँडफाँटमा परेको शेयर अभौतिक रुपमा प्राप्त गर्न निवेदन दिन सक्नेछन् । 

सम्बन्धित सामग्री

कृषि विकास बैंकको २ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । करसमेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वैशाखमै वितरण गरिसकेको छ । बोनस शेयर फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएको बैंकको भनाइ छ । यसर्थ कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सोल्टी होटलका शेयरधनीको खातामा बोनस शेयर जम्मा, अभौतिकीकरण गर्न अनुरोध

काठमाडौं । सोल्टी होटल लिमिटेडले  शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । होटलले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो ।   पुस ७ गते सम्म शेयर अभौतिकीकरणमा गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ। भने, त्यपछि पछि शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जानाएको छ । साथै हाल सम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

एनएलजी इन्स्योरेन्सद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

मंसिर १२, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत साउन २१ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले साउन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । साथै, साउन १३ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरिएको छ ।

उन्नति सहकार्य लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

कात्तिक २३, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत चैत ३१ गते सम्पन्न छैठौ साधारण सभाबाट पारित १७ दशमलव ८१ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले छैठौ साधारण सभाको लागि बुक क्लोज हुँदाको समयसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा कात्तिक १७ गतेदेखि उक्त बोनस शेयर जम्मा गरिदिएको हो । साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गनुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पश्चात बोनस शेयर क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गराउन अनुरोध गरेको छ । कम्पनीले उक्त कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेड हात्तिसार, काठमाडौंको खाता नम्बर ००११९०८४५१६ मा जम्मा गर्न अनुरोध गरेको छ ।

राधी विद्युत् कम्पनीद्वारा शेयरधनीलाई बोनस शेयर बापतको कर तिर्न अनुरोध

भदौ २०, काठमाडौं । राधी विद्युत् कम्पनीले शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध गरेको छ ।  कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस क्लियरिङ लिमिटेडमा सूचीकृत भएकाले उक्त बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।  बोनस शेयरमा लाग्ने कर शेयरधनीले भुक्तानी नगरेसम्म उक्त बोनस शेयर फ्रिज हुने कम्पनीले जानकारी गराएको छ । बोनस शेयर अनफ्रिज गर्नका लागि शेयरधनीले यथाशिघ्र बोनस शेयरमा लाग्ने कर बापतको रकम बैंक अफ काठमाडौंको खाता न ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।  शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र शेयरधनीको खातामा बोनस शेयर आउनेछ । कनेक्ट आइपीएस वा रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्नेछ ।  साथै, बैंक वा कनेक्ट आइपीएस लगायत अन्य विद्युतिय माध्यम मार्फत कर बुझाउने शेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल raddhihydro123@gmail.com मा पठाउन समेत अनुरोध गरेको छ ।

राधी विद्युत् कम्पनीद्वारा शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध

भदौ ३, काठमाडौं । राधी विद्युत् कम्पनीले शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध गरेको छ ।  कम्पनीले २६ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भएकाले उक्त बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।  शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र शेयरधनीको खातामा बोनस शेयर आउनेछ । शेयरधनीले कर बापतको रकम बैक खातामा  कनेक्ट आइपिएस वा बैंक अफ काठमाडौंको कम्पनीको खाता नं ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।  रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्ने साथै बैंक वा कनेक्ट आईपीएस लगायत अन्य विद्युतिय माध्यममार्फत कर बुझाउने शेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल raddhihydro123@gmail.com मा पठाउन अनुरोध गरेको छ ।

प्रभु इन्स्योरेन्सको १०% बोनस शेयर हितग्राही खातामा जम्मा

साउन ४, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले जेठ ६ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर वैशाख २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा पनि क्रमशः हितग्राही खातामै बोनस शेयर वितरण गर्ने जानकारी कम्पनीले गराएको छ ।  कम्पनीले उक्त बोनस शेयर साउन १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । साउन ३ गते आइतवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपछि अब भने कारोबार गर्न सक्नेछन् ।  कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार कार्यालय वा आफुलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालय वा अन्य कुनै निक्षेप सदयहरु मार्फत हितग्राही खाता खोली डिम्याट गरी बोनस शेयर आफ्नो हितग्राही खातामा प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा

वैशाख ३१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।  कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।  सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाइ छ ।  साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।