भदौ २०, काठमाडौं । राधी विद्युत् कम्पनीले शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध गरेको छ ।
कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस क्लियरिङ लिमिटेडमा सूचीकृत भएकाले उक्त बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।
बोनस शेयरमा लाग्ने कर शेयरधनीले भुक्तानी नगरेसम्म उक्त बोनस शेयर फ्रिज हुने कम्पनीले जानकारी गराएको छ । बोनस शेयर अनफ्रिज गर्नका लागि शेयरधनीले यथाशिघ्र बोनस शेयरमा लाग्ने कर बापतको रकम बैंक अफ काठमाडौंको खाता न ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र शेयरधनीको खातामा बोनस शेयर आउनेछ । कनेक्ट आइपीएस वा रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्नेछ ।
साथै, बैंक वा कनेक्ट आइपीएस लगायत अन्य विद्युतिय माध्यम मार्फत कर बुझाउने शेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल raddhihydro123@gmail.com मा पठाउन समेत अनुरोध गरेको छ ।