भदौ ३, काठमाडौं । राधी विद्युत् कम्पनीले शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध गरेको छ ।
कम्पनीले २६ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत भएकाले उक्त बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।
शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र शेयरधनीको खातामा बोनस शेयर आउनेछ । शेयरधनीले कर बापतको रकम बैक खातामा कनेक्ट आइपिएस वा बैंक अफ काठमाडौंको कम्पनीको खाता नं ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्ने साथै बैंक वा कनेक्ट आईपीएस लगायत अन्य विद्युतिय माध्यममार्फत कर बुझाउने शेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल raddhihydro123@gmail.com मा पठाउन अनुरोध गरेको छ ।