काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।
पुस ७ गते सम्म शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ भने सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर हितग्राही खातामानै प्राप्त गर्न सक्नेछन् । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।