गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा

वैशाख ३१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।  कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।  सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाइ छ ।  साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

गणपति लघुवित्तले वितरण गर्‍यो १९% बोनस शेयर

चैत ८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  कम्पनीले पुस ६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा कारोबारयोग्य बनिसकेको उक्त बोनस शेयर जम्मा गरेको जानकारी दिएको हो ।  पुस ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाहह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नका लागि कम्पनीले भनेको छ ।  यस वर्ष कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गरेकाले बोनस शेयर कर बापतको रकम तिर्नु नपर्ने भएको हो । बैंकले रू. १२ करोड ७३ लाख ५६ हजार चुक्तापूँजीको आधारमा कुल २० प्रतिशत लाभांश यो वर्ष वितरण गरेको हो ।

एभरेष्ट बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

चैत ६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  एभरेष्ट बैंक, एनएमबि बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१ दशमलव शून्य ७ कित्ता र गणपति लघुवित्त वित्तीय संस्थाको २ लाख ४१ हजार ९७७ दशमलव ८२५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अब यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । एभरेष्ट बैंकले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी एनएमबि बैंकले पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर र गणपति लघुवित्तले पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

तीन ओटा  अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत

वैशाख २७, काठमाडौं । तीन ओटा  अलग - अलग कम्पनीहरुको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।   हारा विकास बैंक,प्राइम कमर्सियल बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता बोनस शेयर ,गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।