कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग

काठमाडौं : गायक पशुपति शर्माले आफ्नो गृह जिल्लाका जनतालाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीले समस्यामा परेका स्याङ्जाबासीका लागि उक्त रकम सहयोग गरेका हुन्। शर्माले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सञ्चालन गरेको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन्। कोरोना महामारीको बेला यस पुण्य कार्यमा सहभागी…

सम्बन्धित सामग्री

दुई अलग जनराका गायक सज्जनराज वैद्य र पशुपति शर्माका गीत युट्युब ट्रेन्डिङमा

काठमाडौं । पशुपति शर्मा र सज्जनराज वैद्यले नेपाली संगीतमा दुई अलग जनराको प्रतिनिधित्व गर्छन् । संगीतमा अलग स्वाद रुचाउने दर्शकका यी दुई अलग सेलिब्रिटी पनि हुन् । दुवै जनाले लामो समयपछि नयाँ गीत ल्याएका छन्, जसले नेपालको युट्युब ट्रेन्डिङमा दबदबा जमाइरहेको छ । नौ दिनअघि रिलिज भएको वैद्यको गीत ‘धैर्य’ ट्रेन्डिङको शीर्षस्थानमा छ । सोमबार […]

अस्ट्रेलियामा ‘धमाका २०७९’ सुरु,  पशुपति शर्मा र रचना रिमालको प्रस्तुति

सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ । केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ । यसलगत्तै ब्रिसबेनमा ३० जुलाई […]

धमाका २०७९ का लागि कलाकार गौतम अष्ट्रेलिया जाँदै

काठमाडौं :  ग्रेस इन्टरनेसनलको सहकार्य र केबिसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा हुने सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरू त्यसतर्फ जान लागेका छन्।जुलाई २२ देखि अगष्ट ७ सम्म अष्ट्रेलियाका विभिन्न सातवटा सहरमा सातवटै कार्यक्रम हुने आयोजकले जनाएको छ।कार्यक्रममा नेपाली कलाकारहरू गायिका रचना रिमाल, गायक पशुपति शर्मा, सक्किगोनि टेलिसिरियलका  दीपक आचार्य "काकु" र सुबोध गौतम ‘एदुमे’ जान लागेका हुन्।कलाकार गौतमलाई अष्ट्रेलियन सरकारले अनुमति (भिजा) दिएको चौथोपटक

गुल्मी महोत्सवमा पशुपति र शान्तिश्रीले झुमाए दर्शक

२ वैशाख, गुल्मी । तम्घासमा जारी गुल्मी महोत्सवको सातौं दिन बिहीबार चर्चित लोक गायक पशुपति शर्मा र शान्तिश्री परियारले सांगीतिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको पहिलो दिन भएकाले महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । पशुपति र शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए । महोत्सवमा पशुपति आफ्ना […]

पशुपति शर्मा र अमृता लामिछानेको स्वरमा 'हजुरले पो वास्तै गर्नुहुन्न' [भिडियो]

चर्चित लोक गायक पशुपति शर्मा र अमृता लामिछानेको सुमधुर स्वरमा नयाँ गीत 'हजुरले पो वास्तै गर्नुहुन्न' सार्वजनिक भएको छ ।  अमृता लामिछाने युट्युव च्यानलमार्फत शनिवार सो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा शिव हमालको शब्द सिर्जना रहेको छ भने संगीत पनि उनी आफैंले दिएका छन् ।  गीतको भिडियोमा गायक शर्मा, बबिन ठकुरी सबिन आचार्य, अमृता लामिछाने लगायत कलाकारहरूको अभिनय छ । भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।

‘मेरा गीत सुन्दा नाक खुम्च्याउन नपरोस्’

काठमाडौं : २०६०/६१ सालतिर गायक नेत्र भण्डारी दोहोरी साँझमा मादलवादकको रूपमा काम गर्थे। दोहोरी साँझमा गीत गाउनेहरू देख्दा उनी सोच्थे, ‘यति त मैले पनि गाउन सक्छु त।’उनमा गाउने रहर थियो‚ लगाव पनि थियो। तर मसिनो स्वर। यस्तै‚ अन्तर्मुखी स्वभाव भएका उनी आफ्ना रहर कसैलाई भन्न पनि सकिहाल्दैन थिए। यसरी उनी आफ्नो गायनलाई आफैंभित्र गुम्साइरहन्थे।त्यसबेला पशुपति शर्मा, रमेशराज भट्टराई, रामजी खाँण, कुलेन्द्र विश्वकर्मासँग उनको चिनजान बढ्यो। एक दिन बेलुका दोहोरी साँझको काम सकेर स्

‘सारंगी र्‍याई र्‍याई ’ चलेपछि पशुपतिले भने,– म हाँस्य–व्यङ्ग्य गीतमै ठिक रहेछु’

युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्‍याई र्‍याई ’ । पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको गीत सार्वजनिक भएको छोटो समयमै २० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् । यो गीत हाँस्य शैलीमा तयार पारिएको छ […]

पशुपति र सम्झनाको ‘सारङ्गी र्यांई र्यांई’को चौतर्फी चर्चा

काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ । गायक शर्माको […]

पशुपति शर्मा र मञ्जु पौडेलको गीत हजुरैले हो सार्वजनिक

काठमाडौं । गायक पशुपति शर्मा र मञ्जु पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । हजुरैले हो... बोलको दोहोरी गीतमा

जब पशुपति शर्मा गाउँदै दर्शकसँग नाँचे...

लमजुङ, फागुन २१ – लोक सांगितिक क्षेत्रका चर्चित लोक दोहोरी गायक पशुपति शर्माको सांगितिक प्रस्तुती हेर्न घण्टौँ कुरेर बसेका थिए, लमजुङे नागरिक । ...