काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन्। धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगरलाई अध्यक्षमा निर्विरोध चुनिएको हो।
प्रतिष्ठानले मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष हुन।
वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी…
काठमाडौं । पशुपति शर्मा र सज्जनराज वैद्यले नेपाली संगीतमा दुई अलग जनराको प्रतिनिधित्व गर्छन् । संगीतमा अलग स्वाद रुचाउने दर्शकका यी दुई अलग सेलिब्रिटी पनि हुन् । दुवै जनाले लामो समयपछि नयाँ गीत ल्याएका छन्, जसले नेपालको युट्युब ट्रेन्डिङमा दबदबा जमाइरहेको छ । नौ दिनअघि रिलिज भएको वैद्यको गीत ‘धैर्य’ ट्रेन्डिङको शीर्षस्थानमा छ । सोमबार […]
सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ । केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ । यसलगत्तै ब्रिसबेनमा ३० जुलाई […]
२ वैशाख, गुल्मी । तम्घासमा जारी गुल्मी महोत्सवको सातौं दिन बिहीबार चर्चित लोक गायक पशुपति शर्मा र शान्तिश्री परियारले सांगीतिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको पहिलो दिन भएकाले महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । पशुपति र शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए । महोत्सवमा पशुपति आफ्ना […]
चर्चित लोक गायक पशुपति शर्मा र अमृता लामिछानेको सुमधुर स्वरमा नयाँ गीत 'हजुरले पो वास्तै गर्नुहुन्न' सार्वजनिक भएको छ ।
अमृता लामिछाने युट्युव च्यानलमार्फत शनिवार सो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा शिव हमालको शब्द सिर्जना रहेको छ भने संगीत पनि उनी आफैंले दिएका छन् ।
गीतको भिडियोमा गायक शर्मा, बबिन ठकुरी सबिन आचार्य, अमृता लामिछाने लगायत कलाकारहरूको अभिनय छ ।
भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।
काठमाडौँ । दरबार भित्रको पारिवारिक मनोरञ्जनको विषय समेटिएको गीत ‘दोहोरीको राजा’ सार्वजनिक भएको छ । पहिले राजाहरूले विभिन्न ठाउँका राजाहरूलाई बोलाई सांस्कृतिक मञ्चन गराउने परम्परा गीतमा झल्काउन खोजिएको छ ।पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको गीतमा नकुल ढकालको शब्द तथा हेमन्त कान्छाको संगीत रहेको छ । गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनय रहेको छ । सन्तोष राज वाहकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालले छा
युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्याई र्याई ’ । पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको गीत सार्वजनिक भएको छोटो समयमै २० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् । यो गीत हाँस्य शैलीमा तयार पारिएको छ […]
काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ । गायक शर्माको […]