काठमाडौं : ग्रेस इन्टरनेसनलको सहकार्य र केबिसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा हुने सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरू त्यसतर्फ जान लागेका छन्।जुलाई २२ देखि अगष्ट ७ सम्म अष्ट्रेलियाका विभिन्न सातवटा सहरमा सातवटै कार्यक्रम हुने आयोजकले जनाएको छ।कार्यक्रममा नेपाली कलाकारहरू गायिका रचना रिमाल, गायक पशुपति शर्मा, सक्किगोनि टेलिसिरियलका दीपक आचार्य "काकु" र सुबोध गौतम ‘एदुमे’ जान लागेका हुन्।कलाकार गौतमलाई अष्ट्रेलियन सरकारले अनुमति (भिजा) दिएको चौथोपटक