वरिष्ठ अधिवक्ता सङ्ग्रौलाले भने- बारको आन्दोलन संविधानको संरक्षणका लागि (भिडियोसहित)

काठमाडौँ – वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज सङ्ग्रौलाले नेपाल बार एसोसिएसनको आन्दोलन संविधानको संरक्षणका लागि भएको बताएका छन् । सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका धर्ना जारी रहेका बेला उनले गरिबको न्यायका लागि आन्दोलन भइरहेको बताएका हुन्। ‘अदालतको बेन्चभित्र पुलिस राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘सबैभन्दा मर्यादित व्यवसाय कानुन व्यवसाय हो। पहिले […]

सम्बन्धित सामग्री

बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]

प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म बारले आन्दोलन नछाड्ने दाबी

काठमाडौं : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन जारी रहने बताएका छन्।आइतबार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए।उनले जबरा कानुनी र कागजी रूपमा प्रधानन्यायाधीश पदमा रहे पनि व्यवहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जन

बारको आन्दोलन दबाउन नेता, मन्त्री र प्रहरी लागेका छन्: वरिष्ठ अधिवक्ता कार्की

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आफूहरूको आन्दोलन दबाउन राजनीतिक दलका नेता, मन्त्री र प्रहरी लागिपरेको बताएका छन् ।

इजलासमा नजान न्यायाधीशहरुलाई शम्भु थापाको चेतावनी

काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधीशहरुलाई इजलासमा नजान चेतावनी दिएका छन्। नेपाल बार एसोसियसनको जारी आन्दोलनअन्तर्गत बुधबार भएको विरोधसभालाई सम्बोधन गर्दै उनले कानुन व्यवसायीविना अदालत चल्न नसक्ने भएकाले न्यायाधीशहरुलाई पनि इजलासमा नजान चेतावनी दिएका हुन्। आन्दोलनरत सर्वोच्चका केही न्यायाधीशहरु इजलास फर्कने निष्कर्षमा पुगेका छन्। जसले बारको आन्दोलन प्रभावित हुने सम्भावना देखिएपछि बारका पूर्वअध्यक्षसमेत […]

राजीनामाबाट मात्रै आन्दोलन रोकिन्न : वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सतिशकृष्ण खरेलले बारको आन्दोलन प्रधानन्यायाधीशको राजीनामाबाट मात्र नटुंगिने बताएका छन् । आइतबार बार परिसरमा गरिएको प्रदर्शनमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाले मात्रै आन्दोलन नरोकिने बताए । “यो आन्दोलन जुन चरणमा गएको छ, सामान्य राजीनामाबाट टुंगिने छैन । निश्चित व्यक्तिहरूको सम्पत्तिको पूर्ण छानबिन...

प्रधानन्यायाधीशको पदमुक्ति नहुँदासम्म बारको आन्दोलन जारी रहन्छ : सुरेन्द्र महतो

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्ति नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् ।  सर्वोच्च अदालतको मूल गेटमा दुई घण्टाको धर्नापछि बारको प्राङ्गणमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतोले बारको आन्दोलन जनताको अधिकार, संविधानको रक्षा र राष्ट्रहितको लागि भएको बताएका हुन् ।  आफूले गैर संवैधानिक ढंगले पद नत्याग्ने जबराको भनाइप्रति लक्षित गर्दै महतोले भने, ‘दीपकराज जोशीको बेञ्च खोस्ने काम कुन विधि अन्तरगत भएको थियो ?’ महतोले बारको आन्दोलन छिट्टै सफल भएरै छाड्ने ...

प्रधानन्यायाधीशको राजीनामाको मागमा सम्झौता गर्नुहुन्न : वरिष्ठ अधिवक्ता भण्डारी

२३ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको मागमा सम्झौता नगर्न नेपाल बार एशोसिएसनलाई आग्रह गरेका छन् । मंगलबार नेपाल बार एशोसिएसनले गरेको आन्दोलनमा सहभागी भएका उनले न्यायापालिको शुद्धिकरणको आन्दोलनलाई अझै विस्तार गर्नुपर्ने भन्दै प्रधानन्यायाधीशको राजीनामाको मागमा सम्झौता गर्न नहुने बताएका हुन् । उनले बारको आन्दोलन कमजोर हुन नहुने भन्दै […]