काठमाण्डाै – वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन चलिरहने बताउनुभएको छ ।
आज आइतवार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रूपमा पदमा अहिलेसम्म कायम रहेको भए पनि व्यावहारिक रूपमा भने त्याे पदमा नरहेको जिक...