काठमाडौं : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन जारी रहने बताएका छन्।आइतबार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए।उनले जबरा कानुनी र कागजी रूपमा प्रधानन्यायाधीश पदमा रहे पनि व्यवहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे। उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जन