राहदानीमा छाप लगाउने महिला। जसले कालो बुर्का र खैरो रंगको स्कार्फ लगाएका छन्। जब तपाईं काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुन्छ, तपाईंको ध्यान पहिले उनीहरूमा जान्छ।एक वर्षअघि यो विमानस्थलमा अर्कै कुरा थियो। देश छोड्न आतुर मानिसहरूको भीड, चारैतिर अराजकता छाएको थियो। त्यतिबेला यहाँ यस्तै देखिन्थ्यो। तर, गत वर्षको तुलनामा अहिले सन्नाटा छाएको छ, सरसफाइ छ। काबुलको गर्मीयाममा तालिवानको सेतो झन्डा लामबद्ध भएर फहराइरहेको छ।पुराना चर्चित अनुहारका बिल बोर्डहरू अहिले रङ्गिएका छन्। विमानस्थल परिसरको ढो