एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ। […]