अमिन सैकाल रक्तपातपूर्ण द्वन्द्वका कारण लामो समयदेखि प्रणालीगत अस्थिरता र असुरक्षाबाट अफगानिस्तान गुज्रिरहेको देख्नु निकै पीडादायी छ । कोभिड १९ को कमजोर व्यवस्थापन, गरिबी र यही समय विदेशी खेलाडीहरूले दिइरहेको धोकाले पीडा थपेको छ । यहाँको जनसङ्ख्या निकै सकसमा छ, भविष्यमा ठिकठाक हुने आशा थोरै मात्र छ । यो त्यो अफगानिस्तान रहेन, जो कुनै समय थियो । जो कुनै समय शान्त र सुरक्षित थियो । विकास नभए पनि विश्व राजनीतिमा यहाँको निष्पक्षताको नीतिलाई उच्च सम्मान गरिन्थ्यो । कोही पनि व्यक्ति स्व