जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभाको बैठकमा सदस्यको गणपूरक संख्या नपुगेका कारण बसेको दुई मिनेटमै स्थगित भएको छ। प्रदेशसभाको बैठक बुधबार शुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अघि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेशसभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको गुनासो पोखेका थिए। सांसद साहले १० पटकसम्म बैठकमा उपस्