मधेश प्रदेश : ४ वर्षमा ४३ वटा विधेयक पारित

जनकपुरधाम : मधेश प्रदेशले ४ वर्षको अवधिमा ४३ वटा विधेयक पारित गरेको छ।यहाँको प्रदेशसभा शुक्रबार ४  वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको छ। ४३ वटै विधेयक पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ऐन बनेका छन्।सबै ऐन कार्यान्वयनमा आउन सकेको छैन। प्रदेशसभाबाट पारित भएर ऐन बनिसकेको प्रदेश प्रहरी ऐन पनि कार्यान्वयनमा आउन सकेको छैन।प्रदेशसभा सुरु भएको चौथो वर्षमा प्रदेशले नाम र स्थायी राजधानी पाएको हो।चौथो वर्षमा ४४ घण्टा ४६ मिनेट प्रदेशसभा बैठक चलेको प्रदेशसभा सचिवालयले जानकारी दिए। प्रदेशसभा

सम्बन्धित सामग्री

मधेश प्रदेश सभाको ८ महिनाको काम बजेट पासमात्रै

सुस्त देखिएको मधेश प्रदेश सभाले पछिल्लो आठ महिनामा तीन विधेयक पारित गरेको छ । तर, यो अवधिमा सासंदहरुको सेवा सुविधामा मात्रै करिब आठ करोड रुपैयाँ खर्च भएको छ ।

ऐनहरुमा रहेको प्रदेश २ को सट्टामा मधेश प्रदेश प्रयोग हुने

१९ जेठ, जनकपुरधाम । मधेश सरकारले ऐनहरुमा उल्लेख प्रदेश नं. २ शब्द संशोधन गर्न प्रक्रिया थालेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विचार गरियो भन्दै उक्त विधेयक छलफलका लागि प्रदेशसभामा पेश गरेका थिए । छलफल पश्चात सो विधेयक प्रदेशसभा बैठकबाट स्वीकृत भएको […]

प्रहरी समायोजन माग गर्दै मधेश सरकार आन्दोलनमा

२९ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारले २९ असोज, २०७५ मा सात प्रदेशमध्ये सबैभन्दा पहिले प्रहरी समायोजन विधेयक पारित गरी प्रदेश प्रहरी गठनको बाटो खोलेको थियो । तर त्यसको चार वर्ष बित्न लाग्दासम्म उसले प्रदेश प्रहरी गठन गर्न पाएको छैन । संघीय सरकारले कानुन नबनाएका कारण प्रदेश प्रहरी गठन गर्न नपाएको मधेश सरकारले पटक पटक […]

मधेश प्रदेश : नयाँ बजेट सर्वसम्मतिले पारित

मधेस प्रदेशको प्रदेशसभाबाट आर्थिक वर्ष ०७९/०८० को बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भइसकेको छ ।असार १ गते अर्थमन्त्री साहले आर्थिक वर्ष ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेस गरेका थिए ।

मधेश प्रदेश सभामा विपक्षी बिनाको बैठक, दुई विधेयक पारित

२६ असार, जनकपुरधाम । मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए । विपक्षी सांसद बैठक बहिष्कार […]

मधेशमा दुईवटा विधेयक पारित

जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ।मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुबै कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषद्को  बैठकले स्वीकृत गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए।मन्त्रिपरिषद्बाट दुबै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफ.एम. र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले मधे

अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित

मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ ।मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् ।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले व

मधेशमा अध्यादेश प्रतिस्थापन विधेयक पारित

जनकपुरधाम : मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको छ।मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन्।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो।

मधेश प्रदेश : प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको १३ औँ बैठकले उक्त विधेयक सर्वसम्मतबाट पारित गरेको हो ।  यसअघि प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ ।  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस

जनकपुर पुगेर प्रचण्डले भने–अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । […]