प्रतिपक्षी दलद्वारा मधेश प्रदेशसभा बैठक बहिष्कार

मधेस प्रदेशका प्रतिपक्षी दल लोसपा नेपाल र नेकपा एमालेले आजको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । जापानका पूर्व प्रधानमन्त्रीको हत्या भएपछि उनको शोकमा नेपाल सरकारले शोक मनाउने निर्णय गरेको तर मधेस प्रदेशले त्यसको बेवास्ता गरेको भन्दै लोसपा र एमालेले बैठक बहिष्कार गरेका हुन् । ती दलले संघीय सरकारले गरेको निर्णय मधेश प्रदेश सरकारले पनि मान्नुपर्नेमा जोड दिएका छन् ।‘मधेश प्रदेश सरकार नेपाल सरकारकै अंग रहेकाले संघीय सरकारको निर्णय र परिपत्र विरुद्ध मधेश सरकार र प्रदेशसभा चल्न नहुने ती दलको भनाई

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने - NepaliPatra

काठमाडौं । आज मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक आह्वान गरिएको छ । मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ । नेपालको […]

मधेश सरकारको नीति तथा कार्यक्रम आज

२९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा मधेश …

जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनु भएको छ ।

मधेश प्रदेश सभामा जनमतको अवरोध

जनकपुरधाम - सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।  मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकको सुरुमै जनमतका प्रमुख सचेतक चन्दन सिंहले जवाफ माग गर्दै बैठक चल्न नदिने बताए । उनले...

मधेश प्रदेशसभा बैठक बस्दै

मधेश प्रदेश सभाको बैठक शनिबार बस्दैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी सूचना जारी गरिएको मधेश प्रदेशसभा सचिवालयले जनाएको छ ।

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् । सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ । शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ । बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या नपुगेकाले सभाको […]