गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् । सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ । शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ । बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या नपुगेकाले सभाको […]