निषेधाज्ञाको पहिलो महीनामा बैंकको व्यवसाय : दर्जनभन्दा बढी बैंकको थप निक्षेप संकलन संकुचन

काठमाडौं । कोभिड–१९ का कारण मुलुकमा अधिकांश क्षेत्र अस्तव्यस्त रहे पनि बैंकहरूको कारोबार भने खासै प्रभावित भएको देखिँदैन । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २२ ओटाले वैशाखमा थप कर्जा प्रवाह बढाएका छन् । तर, पाँच वाणिज्य बैंकको कर्जा प्रवाह भने चैतको तुलनामा घटेकोे छ । नेपाल क्रेडिट एण्ड कमर्श, नबिल, मेगा, बैंक अफ काठमाडौं र नेपाल एसबिआई बैंकको कर्जा प्रवाह ६१ करोडदेखि १ अर्ब रुपैयाँसम्म घटेको छ । नबिल बैंकको कर्जा प्रवाह पनि २२ करोड रुपैयाँले खुम्चिएको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली मानिस बाहिर निस्किन नपाएको र मालपोत लगायतमा चहलपहल बन्द रहेकाले बैंकको व्यवसाय केही प्रभावित भएको बताउँछन् । उनका अनुसार वैशाखमा प्रक्रियामा रहेका, यसअघि रोकिएका कर्जा केही मात्रामा गइरहेका छन् । तर नयाँ कर्जा भने बन्द छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाले बैंकको व्यवसाय थप प्रभावित हुने उनको भनाइ छ । ‘केन्द्रीय बैंकले निषेधाज्ञाको अवधिभर ब्याज तिर्न नसकेकालाई जरीवाना नलिन भनेको छ । यसले पनि कर्जा प्रभावित हुनेछ,’ उनले भने । कोभिडको दोस्रो लहर रोक्न सरकारले वैशााख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाका बेला एनआईशी एशिया, सानिमा, ग्लोबल आईएमई र कुमारी बैंक २ अर्ब रुपैयाँभन्दा बढी थप कर्जा प्रवाह गर्न सफल भएका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वैशाखमा मात्रै सानिमा बैंकले ४ अर्ब १ करोड थपेर कुल कर्जा १ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ पुर्‍याएको छ । ग्लोबल आईएमई बैंकले ३ अर्ब ८१ करोडले बढाएर २ खर्ब ३९ अर्ब ३५ करोड पुर्‍याएको छ । सबैभन्दा बढी थप कर्जा प्रवाह गर्नेमा एनआईशी एशिया देखिएको छ । बैंकले चैतदेखि वैशाखको बीचमा ६ अर्ब ९२ करोड थप कर्जा वृद्धि गरेर २ खर्ब ६६ अर्ब ९१ करोड रुपैयाँ पुर्‍याएको छ । यसले चालू आर्थिक वर्षको १० महीनामा सबैभन्दा बढी अर्थात् ९३ अर्ब १७ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्न सकेको छ । एनआईशी एशिया बैंकका शाखा ३५२ र एक्सटेन्सन काउन्टर ७२ ओटा भएकाले पनि व्यवसाय फस्टाउन टेवा पुगेको बताइएको छ । बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुनराज खनियाँका अनुसार अन्य बेला १५ अर्ब कर्जा वृद्धि गर्ने क्षमता रहेकोमा निषेधाज्ञाका कारण वैशाखमा यसको करीब आधामात्र कर्जा प्रवाह बढेको हो । ‘यस अवधिमा बैंकका पुराना ऋण नै बढी थिए । यसलाई निरन्तरता दिइयो । बैंकको सञ्जाल धेरै भएकाले कर्जा प्रवाह, निक्षेप लगायतको क्षमता पनि बढी छ,’ उनले भने । समग्रमा वाणिज्य बैंकहरू पछिल्लो एक महीनामा ३७ अर्ब २ करोड रुपैयाँ बराबरको कर्जा थप्न सफल भएका छन् । चालू आर्थिक वर्षको १० महीनासम्ममा बैंकहरूको कुल कर्जा प्रवाह ३६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । वैशाखसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३९ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । निषेधाज्ञाको पहिलो महीनामा भने बैंकहरूले ११ अर्ब ४२ करोड रुपैयाँ मात्र निक्षेप बढाउन सकेका छन् । कर्जाको वृद्धि योभन्दा बढी छ । वैशाखमा १३ ओटा वाणिज्य बैंकको निक्षेप घटेको छ । सबैभन्दा बढी निक्षेप प्रभु बैंकको घटेको छ । वैशाखमा मात्रै प्रभुको ६ अर्ब २ करोड रुपैयाँले निक्षेप संकुचन भएर १ खर्ब ६१ अर्ब ४७ करोड रुपैँयाँमा सीमित छ । यसैगरी मेगाको ४ अर्ब ८४ करोड, नेपाल क्रेडिट एण्ड कमर्शको ४ अर्ब ६३ करोड, ग्लोबल आईएमईको ४ अर्ब ३२ करोड, सिद्धार्थको ३ अर्ब ९१ करोड र एनएमबिको ३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप घटेको संघको तथ्यांक छ । सेञ्चुरी, एभरेष्ट, प्राइम, कृषि विकास बैंक, सिटिजन्स, माछापुछ्रे र सनराइजको निक्षेप ३ अर्बदेखि ४१ अर्बसम्म घटेको छ । यसबाहेकका १४ वाणिज्य बैंकको निक्षेप संकलन ३६ करोडदेखि करिब पौने ९ अर्ब रुपैयाँ हारहाहारीमा वृद्धि भएको छ । निक्षेप वृद्धिमा पनि एनआईसी एशिया अग्रस्थानमा छ । यो बैंकले वैशाखमा मात्रै ८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपेर ३ खर्ब ४ अर्ब ३५ करोड रुपैयाँ पुर्‍याएको छ । बढी निक्षेप थप्नेमा कुमारी, नेपाल बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश, सानिमा बैंक अगाडि छन् । यसपछिका बाँकी बैंकले ४ अर्ब रुपैयाँभन्दा कम निक्षेप वृद्धि गरेका छन् ।

सम्बन्धित सामग्री

बैंकहरूको कर्जा र निक्षेप संकलन घट्यो

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले एक हप्ताको अवधिमा ६३ अर्ब घटेर ४४ खर्ब ७८ अर्बमा झरेको हो ।

एक महिनामा पाँच अर्बले बढ्यो निक्षेप संकलन*

बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । एक महिना*मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पाँच अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि पाँच अर्बले बढेर ४४ खर्ब एक अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने एक अर्बले घट

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ । गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । कँडेलका अनुसार कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

बैंकहरूमा निक्षेप संकलन ५.१ प्रतिशतले वृद्धि

निक्षेप संकलनमा आक्रामक रूपमा प्रस्तुत भएका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन ५.१ प्रतिशतले बढाएका छन् ।

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानीको बृद्धिदर धेरै

वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा कर्जाको बृद्धिदर धेरै देखिएको छ। चालु आर्थिक वर्ष लागेदेखि नै निक्षेप संकलन बढ्न सकेको छैन भने कर्जा लगानी उच्च रुपले बढ्दै गएको छ। नेपाल बैंकर्स एसाेसिएसनको तथ्यांक अनुसार गत साता मात्रै बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले मात्रै बढेको छ भने कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ। भदाै तेस्रो साता अर्थात १८ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४१ खर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। भदौ महिनामा मात्रै बैंकहरुको कर्जा ...

वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ। बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ। यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो। कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो। पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा न...