गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने बताएका छन् । बुधबार पोखरा २२ कालाबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका हुन् । उनले विगतका सरकारको समेत स्वामित्व लिँदै आफूहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तीव्रता दिने मन्त्री बरालले बताए । मन्त्री बरालले पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणदेखि रणनीतिक महत्वका २ वटा