गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । मन्त्रीमा आज नियुक्त भएका बरालले पदभार ग्रहण गर्दै प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले अर्थका श्रोत साधनमा ध्यान केन्द्रित गर्दै पूँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गरी विकास र समृद्धिको यात्रा तय गरिने बताए । पूँजीगत खर्च गर्न नसकेको अब