गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेशको विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने बताएका छन् । बिहीबार पोखरा २२ वडा स्थित शुक्रराज माध्यमिक विद्यालय र वडा कार्यालयले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै अर्थमन्त्री बराले यस सम्मानले प्रदेशको समृद्धिका लागि कार्य गर्न थप जिम्मेवार बनाएको समेत बताए । मन्त्री बरालले पुम्दी भुम्दीसहित समग्र प्रदेशको विकास र समृद्धिका लागि आवश्यकताको आधारमा कार्य गर्ने बताए । उनले पुम्दी भुम्दी पर्यटकीय दृष्टिकोणबाट समेत अति महत्वपूर