गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यको बजेट उत्पादन मूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माछापुच्छ्रे गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिका लागि बजेट उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता औँल्याए ।‘हामीले खर्च गर्ने बजेट आत्मनिर्भर अर्थ बनाउने गरी लगाउन आवश्यक छ। देशको मूल बजेट नै उत्पादनमा केन्द्रित गर्न सकेनौ भने विदेशबाट कमाएर भित्राएको रेमिट्यान्स विभिन्न किसिमका सामा