व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले व्यवसाय संचालनको कुनै विकल्प नभएको बताएका छन् । उनले कोभिड १९ को संक्रमण बृद्धि भएको बहानामा पटक–पटक व्यावसाय बन्द गर्न नहुने बताउदै अब, स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरेर व्यवसाय संचालन गर्नुपर्ने बताएका हुन् । शनिबार पोखरामा फेवा पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले विगत दुई बर्ष देखि नेपाल सहित अन्य मुलुकमा कोरोनाले आक्रान्त पारेको बताउदै अब, व्यवसाय सञ्चालन ढिला गर्न नहुने बताए । &lsquo