२०७४ मा ५ वर्षका लागि कांग्रेस पार्टीबाट निष्कासित गोविन्दराज जोशीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षण गर्दै छन् । कांग्रेसले एमालेबाहेक सत्तासीन दलसँग चुनावी गठबन्धन गरिरहँदा तनहुँमा भने जोशीले एमालेसँग गठबन्धन कसेका छन् । उनले आफ्ना छोरा दीपकराजमात्र होइन, गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन कांग्रेसको भोट काट्ने रणनीति बनाएका छन् ।