जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समितिको अनौपचारिक बैठक बोलाएको छ ।
बुधवार दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने गरी बोलाइएको बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरू सहभागी हुने जनाइएको छ ।
पार्टीभित्र विवाद देखिएका बेला शक्ति परीक्षण र बहुमत पुग्ने/नपुग्ने स्पष्ट हुन अनौपचारिक बैठक बोलाइएको जसपा स्रोतले जनाएको छ ।