काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो। बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्नको लागि ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए। बैठकपछि उनले भने, ‘७ वटै प्रदेशमा केन्द्रीय कार्यालयको तर्फबाट अनुगमन गर्ने टोली पठाउँछौँ।