वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेलका गरेर चुनावी मैदानमा होमिदा प्रतिपक्षी दल नेकपा एमाले भने एकल उम्मेदवारीका साथ मैदानमा खडा भएको छ । सत्ता गठबन्धनसँग एकल रूपमा खडा भएको एमालेलाई उपमहानगरपालिकामा यो निर्वाचन उसको शक्ति परीक्षणको रूपमा हेरिएको छ। उसो त देशका ६ महानगरपालिकामध्ये ४ महानगरपालिकामा पनि एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले भरतपुर र वीरगन्ज महानगरपालिकामा भने तालमेल गरेको छ । भरतपुरमा राप्रपा र वीरगन्जमा लोसपासँग तालमेल भए पनि उपमहानगरम