मुआब्जामा ढिलाइ हुँदा जमुनी सिँचाइ योजनाको तटबन्ध निर्माण लम्बिने भएको छ । तटबन्धमा जग्गा परेकाले मुआब्जा नपाएसम्म काम अघि बढ्न नदिने अडान राखेपछि निर्माण अवधि लम्बिने भएको हो । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुबोध कुशवाहाका अनुसार योजनाअन्तर्गत ब्यारेजमा पानी भण्डारणका लागि खोलाको दुवैतर्फ १ हजार १ सय मिटर लामो तटबन्ध निर्माण गर्न लागिएको छ ।