गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उहाँले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट …