कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला...