पछिल्लो १३ वर्षमा २८ जना भारतीय नागरिकले झुटो विवरण पेश गरी लिएको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ । बदर गरिएकामध्ये २३ जनाले वंशज र ५ जनाले जन्मको आधारमा झूटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
तराईका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको उक्त नेपाली नागरिकताको प्रमाणपत्र विभिन्न मितिमा नेपाल सरकारको मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेर बदर गरिएको हो। यसरी बदर गरिएका नागरिकता लिने भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयबाट लिएका थिए भने ...