५ वर्षमा निर्यात १६ खर्ब पुर्‍याउने महत्त्वाकांक्षी योजना

काठमाडौं । मुलुकबाट निर्यात हुने वस्तु र सेवाको परिमाण र त्यसबाट आर्जित रकम दुवैमा उत्साहजनक सुधार नदेखिएका बेला सरकारले महत्त्वाकांक्षी रणनीति कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष (आव) २०८४/८५ मा वस्तु तथा सेवा निर्यात १६ खर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार रणनीति कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।  मन्त्रालयले यो लक्ष्य प्राप्त गर्न ‘व्यापारघाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९’ र ४ खर्ब ६३ अर्ब अनुमानित लगानी हुने आकलनसहित ‘नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०८० अद्यावधिक गरी कार्यान्वयनमा ल्याएको छ । चालू आव २०७९/८० को वैशाखसम्ममा नेपालले जम्मा १ खर्ब ३० अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अवधिमा १३ खर्ब ३५ अर्ब रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । मन्त्रालयले उक्त रणनीति कार्यान्वयन गर्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वस्तु तथा सेवा निर्यात २० प्रतिशत पुग्ने आकलन गरेको छ । मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले यो योजना महत्त्वाकांक्षी नै भएको बताए । ‘यो अवधिमा अर्थतन्त्रको आकार बढेर ८० खर्ब रुपैयाँ पुग्ने र निर्यात त्यसको २० प्रतिशत पुर्‍ याउने लक्ष्य हो,’ कार्कीले भने, ‘यस हिसाबले अबको ५ वर्षमा मुलुकबाट १६ खर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा निर्यात हुने आकलन गरिएको हो ।’ आव २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा निर्यातको अनुपात ६ दशमलव ३ प्रतिशत छ । यसलाई आव २०८४/८५ मा २० प्रतिशत पुर्‍याउने भनिएको हो । उक्त लक्ष्य प्राप्त गर्न १५ ओटा निकाय र १८३ ओटा क्रियाकलाप हुने उनले बताए । ‘ती क्रियाकलाप गर्दा ४ खर्ब ६३ अर्ब लगानी आवश्यक पर्ने अनुमान छ,’ उनले भने, ‘यसमा कानूनी सुधार, प्रशासनिक कार्यका लागि खर्च नलागे पनि आवश्यक पूर्वाधारदेखि निर्यातमा नगद अनुदान दिँदासम्म उक्त लगानी आवश्यक हुन्छ ।’ कार्कीका अनुसार निर्यातमा अनुदान दिँदा मात्रै उक्त अवधिमा ४० अर्ब रुपैयाँ खर्च हुनेछ । सहसचिव कार्कीका अनुसार उद्योगसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा तथा जलस्रोत, शिक्षा विज्ञान तथा प्रविधि, वन तथा वातावरण, सञ्चार तथा सूचनाप्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंक रणनीति कार्यान्वयनमा जिम्मेवार निकाय हुन् ।  मन्त्रालयले यसका लागि उद्योगमन्त्रीको अध्यक्षतामा सम्बद्ध निकायका सचिव सदस्य हुने गरी राष्ट्रिय निर्देशक समिति पनि गठन गरेको छ । यसले कार्यान्वयनको अवस्था हेर्नेछ । कार्ययोजना कार्यान्वयनको मध्यावधि समीक्षा ३ वर्षमा हुने र ५ वर्षपछि अन्तिम समीक्षा गरिने उनको भनाइ छ । यसमा सरकारी निकायका साथसाथै निजीक्षेत्रका छाता संगठनका प्रतिनिधि पनि सहभागी छन् ।  सन् २०१६ मा अद्यावधिक गरिएको एनटीआईएसमा २४ ओटा वस्तु थपेर अद्यावधिक गरिएको छ । यो कार्ययोजना र रणनीति मन्त्रिपरिषद्ले वैशाख २६ गते स्वीकृत गरेको हो । सरकारले २४ ओटा वस्तु तथा सेवा थप्दै ‘नेपाल व्यापार एकीकृत रणनीति २०८०’ लागू गरेको हो । योसँगै एनटीआईएसमा ३२ ओटा वस्तु तथा सेवा सूचीकृत भएका छन् । नेपालमा सन् २०१० देखि एनटीआईएस लागू छ । सन् २०१६ मा परिमार्जन भएको एनटीआईएसमा अहिले बजेटमा समावेश भएका वस्तुसहित निर्यातमा पछिल्लो समय सुधार भएका वस्तु तथा सेवा समावेश गरिएको छ ।

सम्बन्धित सामग्री

निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने चेम्बरको रणनीतिक योजना

नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्‍याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो ।

‘निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । मंगलवार झापा चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चुलिँदो व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवम् प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् । चालू आर्थिक वर्षको ५ महीनामै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दो छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा योजना बनाउनुपर्नेमा उनले जोड दिए । निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन सम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए । सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारे पनि व्यावहारिक परिणाम आउन नसकेको उनको भनाइ थियो । झापा, इलाम, तेह्रथुम लगायत जिल्लामा उत्पादित चिया, अलैंची लगायत वस्तु निर्यात गरेर अर्बौं रुपैयाँ भित्त्याउन सकिने उनले बताए ।

जिडिपीको २०% निर्यात पुर्‍याउन पाँच वर्षमा साढे चार खर्ब खर्चिने योजना

- जिडिपीको आकार पाँच वर्षमा ८० खर्ब रुपैयाँ पुग्ने अनुमानअनुसार वार्षिक निर्यात १६ खर्ब रुपैयाँ पुर्‍याउने योजनासहित निर्यातका सम्भावना भएका वस्तुको संख्या थपेर ३२ पुर्‍याइयो - यसअघि दुईपटक कार्यान्वयनमा ल्याइएको व्यापार...

निर्यात वृद्धिका योजना र कार्यान्वयन

विश्व बैंकले नेपालले रू. १० खर्ब बराबरको निर्यात गर्ने सामर्थ्य बोकेको बताए पनि निर्यात २ खर्बसमेत ननाघेको अवस्थामा अहिले सरकारले ५ वर्षमा निर्यात १६ खर्ब पुर्‍याउने योजना बनाएको छ । सरकारका अन्य योजनाजस्तै यो पनि सरसर्ती हेर्दा र सुन्दा सरकारले गजबको योजना ल्याएछ भन्ने सबैलाई लाग्छ । अर्थतन्त्रमा सुधार ल्याउन यस्ता योजना बन्नु सकारात्मक नै मान्न सकिन्छ । तर, नेपालमा भने कागजमा बनेका योजना कागजमै हराउने र फेरि त्यस्तै विषयमा अध्ययन गर्ने काम भइरहेको पाइन्छ । अहिलेसम्म सरकारले बनाएका यस्ता आयोजनाको संख्या र तिनले दिने प्रतिफलको फेहरिस्त पढ्दा त नेपाल विकासको उचाइमा पुगिसक्नुपर्ने हो । तर, केही ठूला घर बन्नु र अव्यवस्थित शहरीकरणले तीव्रता पाउनुबाहेक अर्थतन्त्रका लागि सकारात्मक मान्न सकिने कुरा छँदै छैन भने पनि हुन्छ ।  नेपालमा यस्ता योजना जति पनि बन्ने गर्छन् । यस्ता योजना बन्नुको कारण विदेशी दाताका स्वार्थ, रुचि र सरकारको अक्षमता नै हो । कृषि विकासको २० वर्षे रणनीति, पर्यटनको २० वर्षे रणनीतिजस्तै अन्य विभिन्न खालका रणनीति, कार्ययोजना र योजनाहरू बनिरहेका छन् । अझ अचम्मको कुरा के भने मन्त्री फेरिनासाथ यस्ता नीतिहरू फेरिइहाल्छन् । यस्ता नीति र योजना बनाउन सरकारले खर्च गर्ने र अध्ययनका नाममा उच्च कर्मचारी वा तिनको सम्पर्कका परामर्शदातालाई रकम उपलब्ध गराउने गरेको छ । एउटा नीतिको समय नसकिँदै कमजोरीको अध्ययन भनेर त्यसमा पनि बजेट खर्च भइसकेको हुन्छ । यो नेपालको विशेषता नै भएको छ । सरकारले २४ ओटा वस्तु तथा सेवा थप्दै नेपाल व्यापार एकीकृत रणनीति २०८० लागू गरेको छ । रणनीतिमा ३२ ओटा वस्तु तथा सेवा सूचीकृत भएका छन् । सन् २०१० देखि यस्तो सूची बनाउँदै निर्यातलाई प्राथमिकता दिइए पनि निर्यात बढ्नुको साटो कतिपय वस्तुको त घटेको समेत पाइन्छ । किन निर्यात बढेन भन्नेमा व्यवसायी जत्तिको जानकार अरू कोही पनि हुँदैन । तिनको सुझाव सुनेर काम गर्ने हो भने निर्यात बढाउन केही गाह्रो छैन । जुन वस्तुको निर्यात बढाउने भनेर सरकारले नीति लिएको छ त्यही वस्तुको निर्यात घट्दा त्यसमा जिम्मेवारमाथि कुनै कारबाही नहुनु नै समस्या जेलिएर बस्नुको कारण हो । अहिले पनि लक्ष्य त राम्रै लिइएको छ । तर, यो कसरी अघि बढ्छ भन्ने स्पष्ट छैन । निर्यात वृद्धिमा जापानी मोडल निकै प्रभावकारी मानिन्छ । जापानको व्यापार मन्त्रालयले निर्यातका लागि कुनै योजना बनायो भने जसरी हुन्छ निर्यातको नतिजा देखाउनुपर्ने हुन्छ । व्यवसायीबाट कर्मचारीले अनावश्यक लाभ लिएको पनि हुन सक्छ । तर, सरकारले केवल दिइएको जिम्मेवारी अनुसार नतिजा आयो वा आएन भन्ने हेर्छ । यसो हुँदा यस्तो निकायमा बस्ने व्यक्ति प्रक्रियामा अल्झेर बस्दैन, जेजसरी हुन्छ, परिणाम निकाल्नतिर लाग्छ । परिणाम निकाल्ने अधिकारीहरूलाई सरकारले राम्रो सम्मान पनि गर्ने गर्छ । तर, नेपालमा काम गर्नेभन्दा यस्तै कागजी योजना बनाएर बस्ने व्यक्ति विद्वान् मानिने अवस्था छ । के नेपालमा ५ वर्षमा १६ खर्बको निर्यातलाई कार्यान्वयन गर्ने कर्मचारीले कुनै थप सुविधा पाउँछ ? काम गर्ने कर्मचारी र नगर्ने कर्मचारीबीच कुनै फरक हुन्छ ? यो योजनामा त्यस्ता कुराले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।  निर्यातका लागि प्राथमिकता तोकेर सूचीमा राखे पनि त्यही वस्तुको निर्यात घट्नुको कारणबारे सरकारले खासै चासो राखेको देखिँदैन । अहिले निर्यातका लागि थुप्रै वस्तुलाई अघि सारिएको छ । एकैचोटि धेरै वस्तुको साटो थोरैबाट काम शुरू गर्ने तर त्यस्ता कामबाट नतिजा देखिने बनाउँदा बढी प्रभावकारी हुन्छ । त्यसैले योजना बनाउनु ठूलो कुरा होइन । कार्यान्वयन पक्ष महत्वपूर्ण हो । कार्यान्वयन नहुने बौद्धिक विलासका लागि तय गरिएका यस्ता कामले निर्यातमा सुधार ल्याउन कठिन हुन्छ । अहिलेको समय फरक ढंगले तर नतिजामुखी काम गर्ने नै हो ।

भारतीय सिमेन्ट बजार : वार्षिक डेढ खर्ब निर्यातको सम्भावना

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । आगामी वर्षको बजेट ल्याउँदै सरकारले आगामी वर्षदेखि सिमेन्ट निर्यात प्रोत्साहन गर्ने लक्ष्यसहित ८ प्रतिशत नगद अनुदान दिने योजना ल्याएको हो । यससँगै, नेपालबाट भारततर्फ सिमेन्ट निर्यात सुरु भएको छ ।पाल्पा सिमेन्ट इण्डष्ट्रीबाट उत्पादित तानसेन सिमेन्ट भारततर्फ निकासी सुरु भएको हो । इण्डष्ट्रीजले ३ वटा ट्रकमा ३ हजार बोरा सिमेन्ट अर्थात १५० मेट्रिक टन सिमेन्ट भारत पठाएको छ । नेपालबाट पहिलोपटक भारततर्फ

‘लगानीको स्रोत सुनिश्चित भए उच्च अंकको आर्थिक वृद्धि सम्भव छ’

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको छ । बजेटले स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात घटाउने र निर्यात बढाउने लक्ष्य लिएको छ । यसका लागि सरकारले उद्योगहरूको संरक्षण नीति लिएको छ ।उद्योग संरक्षणका लागि सरकारले अघि सारेको लक्ष्य र आगामी आर्थिक वर्षको बजेटमा समावेश योजना कति सार्थक छन् भन्नेबारेमा रातोपाटीले नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीका लागि निकेश खत्रीले नेपाल उद्योग परिसंघका अध्यक्ष विष

निर्यात–व्यापारमा ‘कागजी’ नीतिगत योजना

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा आयातको चाप वर्षेनि बढ्दो क्रममा हुँदै गर्दा सरकारले निर्यात वृद्धिलाई नै केन्द्रित गरेर पुनः पाँचवर्षे व्यापार नीति तथा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) संशोधनको तयारी गरेको छ । निर्यात वृद्धिलाई नै प्राथमिकतामा राखेर विगत सन् २००४ सालदेखि नीतिगत प्रयास र सुधारहरू गरिँदै आएको भए पनि त्यसले निर्यात अंक र वस्तु विस्तारमा उल्लेख्य योगदान दिन सकेका छैनन् । नेपालले निर्यातलाई जोड दिँदै २००४ मै डाइग्नोस्टिक ट्रेड इनिग्रिटी स्टडिज् (डीटीआईएस) बनाएको थियो । त्यसको ६ वर्षमा अर्थात् सन् २०१० मा एनटीआईएस तयार गरेको थियो भने यसलाई समीक्षा गर्दै सन् २०१६ मा निर्यातयोग्य वस्तु र सेवाको क्षेत्र पहिचान गरिएको थियो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)को तथ्यांकअनुसार नौओटा वस्तुको कुल वार्षिक निर्यात हालसम्म पनि आधा खर्ब नजिक पुग्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०१६ को एनटीआईएसलाई समीक्षा गर्दै पाँचवर्षे व्यापार नीति बनाउन लागेको मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालले जानकारी दिए । सन् २००४ देखि हालसम्म बनेका रणनीतिहरूको कार्यान्वयनमा बलियो संयन्त्र नबन्दा एनटीआईएसमै भएका वस्तुहरूको निर्यात वृद्धिमा सुधार गर्न समस्या भएको वाणिज्यविद्हरू बताउँछन् । अलैंची, अदुवा, चिया, फुटवेयर, जडीबुटी, छालाका उत्पादनहरू, पश्मिना, फेब्रिक र कार्पेट छन् । एटीआईएसको सूचीमा राखिएका छाला तथा जुत्ताका उत्पादनहरूको निर्यात अर्ब रुपैयाँ नजिक पनि पुग्न सकेको छैन । फुटवेयरसम्बन्धी उत्पादनहरूको निर्यात २०७४/७५ मा रू. १ अर्ब २३ करोड निर्यात भएको देखिए पनि त्यसयताका वर्षहरूमा निर्यात बढीमा रू. ९० करोडसम्म पुगेको देखिन्छ । केन्द्रका अनुसार छालाका उत्पादन कुनै पनि वर्षमा अर्ब रुपैयाँसम्म पनि निर्यात भएको पाइँदैन । अन्य सातओटा वस्तुको निर्यात भने अर्ब रुपैयाँभन्दा माथि छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा यी नौवस्तुको कुल निर्यात रू. ३६ अर्ब २६ करोड थियो भने २०७७/७८ मा कुल रू. ३७ अर्ब ४४ करोडका वस्तुहरू निर्यात भएको देखिन्छ । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले सन् २००४ देखि नै निर्यात व्यापार प्रवर्द्धनलाई केन्द्िरत गरेर नीतिहरू बन्दै आएको र समयसमयमा यसमा अद्यावधिक र समीक्षा हुने गरेको बताउँछन् । नीति तथा रणनीतिले पहिचान गरे पनि त्यसलाई सघाउने गरी नियम, कार्यक्रमहरू आउन नसकेको र सोही किसिमले संस्था, पूर्वाधार र जनशक्ति तयार हुन नसक्दा निर्यात व्यापारमा वर्षौंका प्रयासहरूले उत्साह दिन नसकेको उनी बताउँछन् । ‘जुनजुन वस्तु निर्यातका लागि पहिचाहन गरिएको थियो ती वस्तुको विकास खासै हुनसकेन,’ उनी भन्छन्, ‘योजना त बन्छन् तर सोहीअनुसार कार्यान्वयन गर्न नसक्नु ठूलो समस्या भएको छ भने अर्काेतर्फ रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निकाय पनि उत्तिकै सबल हुनुपर्ने रहेछ भन्ने कुरा अहिलेसम्मको अवस्थाले देखाउँछ ।’ सन् २०१६ मा आएर एनटीआईएसमा भएका वस्तुहरूको संख्या पनि घटाइएको छ । सन् २०१० मा १६ ओटा वस्तु पहिचान गरेकामा ०१६ मा उक्त सूचीलाई संशोधन गरे नौओटामा झारिएको छ । ओझाले भने, ‘निकासी बढाउन सकिन्छ कि भनेर नै संख्या घटाइएको थियो, तर परिणाम भने त्यस्तो देखिएन ।’ निर्यातका योजना तथा रणनीतिमात्रै बनाएर नहुने भन्दै उनले त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र र पूर्वाधारहरूमा पनि उत्तिकै जोड दिन सुझाव दिए । उच्च मूल्यका कृषि वस्तुहरू, सिमेन्ट, जडीबुटीहरू र सूचीमा भएका वस्तुहरूको उत्पादन विस्तार र उत्पादकत्व वृद्धिमा ठोस कार्यक्रम ल्याउन उनले सुझाव दिए । सरकारका पूर्वसहसचिव रवि सैंजू एनटीआईएस लागू भए पनि आपूर्ति शृंखला व्यवस्थापन र अन्तरनिकायबीच समन्वय नहुँदा पनि उल्लेख्य परिणाम आउन नसकेको तर्क गर्छन् । लजिस्टिक प्रणाली व्यवस्थापनमा पनि खासै ध्यान दिन नसकिएको भन्दै उनले निर्यातलाई मात्रै ध्यान नदिएर वितरण प्रणाली जस्ता बहुआयामिक पक्षलाई ध्यान दिन जरुरी रहेको बताए ।

बेलायतमा सीमापार व्यापार बढाउने योजना घोषणा

मंसिर १, लन्डन (बेलायत) । बेलायत सरकारले विदेश व्यापार बढाउने योजना घोषणा गरेको छ ।  यस दशकको अन्त्यसम्ममा वार्षिक व्यापार १० खर्ब पाउन्ड स्टर्लिङमा पुर्‍याउन बेलायतमा बनाइएको विश्वलाई बेचिएको योजना ल्याइएको हो । विश्व बजारमा रहेको अवसरहरु लिन बेलायती कम्पनीहरुलाई मद्दत गर्न सरकारले यो योजना ल्याएको हो । गत वर्ष बेलायतले करीब ६ खर्ब पाउन्ड स्टर्लिङ बराबरको वस्तु र सेवा निर्यात गरेको थियो ।  बेलायतमा १० प्रतिशत कम्पनीहरुले मात्रै विदेश व्यापार गर्छन् । कम्पनीहरुको लागि यिनीहरुको पूर्ण निर्यात क्षमता खोल्न जरुरी भएको विदेश व्यापार मन्त्री एन–मारी ट्रेभेल्यानले भनेकी छिन् ।  १२ बुँदे योजनाको हिस्सा अन्तर्गत यूके एक्सपोर्ट फाइनान्स जस्ता सरकारी एजेन्सीहरुले बेलायती निर्यातकर्ताहरुलाई व्यवसाय सुरक्षित गर्न मद्दत गर्न नयाँ सेवाहरु दिने छन् । एजेन्सी

सम्भावना दोहनमा चुकेको निर्यात

चालू आर्थिक वर्षका १० महीनामा नेपालले रू. १२ खर्ब ५४ अर्बको वस्तु आयात गरेको छ भने रू. १ खर्ब ८ करोडको सामान निर्यात गरेको छ । मुलुकको व्यापारघाटा कम गर्न सरकारले विभिन्न योजना ल्याए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । अब निर्यात रणनीति बनाउँदा आईटी उद्योग, औषधि, सिमेन्टजस्ता नयाँ खालका निर्यातमा पनि जोड दिनुपर्छ । साथै, प्रविधि र ज्ञान भित्र्याउने पनि नीति लिइनुपर्छ । चालू आवको १० महीनाको निर्यात रकम हालसम्मकै सर्वाधिक हो । यस हिसाबले यसलाई सकारात्मक मान्नुपर्ने भए पनि बढ्दो व्यापारको आकार र वस्तुको मूल्य तथा विदेशी विनिमय दरको सापेक्षतामा निर्यात वृद्धि भएको भनेर खुशी हुने अवस्था भने देखिँदैन । २०६४ सालमा जारी गरिएको अन्तरिम योजनाले निर्यात १ खर्ब पुर्‍याउने भनी लिएको लक्ष्य बल्ल पूरा भएको छ । तर, यस अवधिमा नेपाली मुद्राको अवमूल्यन ६० प्रतिशतभन्दा बढी भएको छ । १० वर्षअघि प्रतिअमेरिकी डलरको मूल्य ७२ रुपैयामा ७५ पैसा थियो जुन अहिले १ सय १७ रुपैयाको हाराहारीमा छ । त्यसैले अर्थविद्हरू चालू आवको १० महीनाको निर्यात रकमप्रति खासै हौसिएका देखिँदैनन् । निर्यात मूल्य बढेको देखिए पनि नेपालबाट निर्यात हुने वस्तु र निर्यात गन्तव्य दुवै यस अवधिमा घटेको देखिन्छ । मूल्य अभिवृद्धि नभई कच्चा पदार्थ वा अप्रशोधित वस्तुका रूपमा कृषि उपज र जडीबुटीहरू निर्यात हुनु नेपालको निर्यातको कमजोरी हो । उदाहरणका लागि अदुवा सुकाउने उपयुक्त प्रविधि भित्र्याउन नसक्दा भारतीय व्यापारीले तोकेको मूल्यमा यो बेच्नुपरेको छ । त्यस्तै अवस्था चियाको पनि छ । जर्मनीमा नेपाली चिया १५ सय केजीमा विक्री भइरहेको छ । तर, त्यही चिया भारतीय व्यापारीलाई प्रतिकेजी रू. ३ सय जतिमा नै विक्री गर्नुपरेको छ । भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ वा सिक्किम चियाको नाम दिएर मह“गोमा निर्यात गरिरहेका छन् । नेपालबाट निर्यात हुने जडीबुटी विनाप्रशोधन निर्यात गर्दा मूल्य अभिवृद्धि हुन त सकेको छैन नै, विभिन्न गैरभन्सार अवरोधसमेत बेहोर्नुपरेको छ । यदि तयारी वस्तुका रूपमा तिनलाई निर्यात गर्न सकेको भए यी समस्या बेहोर्नु पर्दैनथ्यो । यस्ता वस्तु प्रशोधन गर्दा मूल्य अभिवृद्धि त हुन्छ नै यसले थप रोजगारी पनि सृजना गर्छ । तर, यसका लागि दक्ष जनशक्ति र प्रविधिको आवश्यकता पर्छ । वैदेशिक लगानीप्रति धेरैमा नकारात्मक सोच भएका कारण यो भिœयाउन सकिएको छैन जसले नया“ प्रविधि र शीप हस्तान्तरण हुन सकेको छैन । निर्यात वृद्धिका लागि सरकारले निर्यातयोग्य वस्तुको सूची बनाई रणनीति तय गरेको छ । २०१६ मा तय गरिएको यो रणनीति यसै वर्ष समाप्त हुँदै छ । अब बन्ने रणनीतिमा विगतको रणनीतिको विफलताको सूक्ष्म अध्ययन गरी व्यावहारिक समाधान खोजिनु उपयुक्त हुन्छ । सरकारले निर्यायोग्य वस्तु भनी सूचीकृत गरेकै वस्तुको पनि निर्यात घटिरहेको छ । त्यस्तै विभिन्न राष्ट्रले शून्यभन्सार र कोटा सुविधाहरू दिए पनि त्यसको उपयोग हुन सकेको छैन । अमेरिकाले ६६ ओटा वस्तुमा दिएको छूट उपयोग हुन नसक्नु यसको उदाहरण हो । विश्व बैंकले हालै जारी गरेको नेपाल अपडेटका अनुसार नेपालको निर्यात क्षमता १२ गुणासम्म बढाउन सकिन्छ । यसबाट थप २० लाखभन्दा बढी रोजगारी सृजना गर्न सकिन्छ । तर, वास्तविकता भने नेपालको निर्यात औसतमात्रै रहँदै आएको छ । सन् २००० देखि हालसम्मको निर्यात वृद्धि औसतमा प्रतिवर्ष ४ प्रतिशत मात्रै भएको पाइन्छ । नेपालले परम्परागत निर्यात वस्तुहरू कार्पेट, गार्मेन्ट आदिमा केन्द्रित गरे पनि बंगालदेशले जस्तो फड्को मार्न सकेको छैन । निर्यात वृद्धिका लागि खोलिएको विशेष औद्योगिक क्षेत्रमा पनि विद्युत् तथा एकद्वार प्रणाली अभावजस्ता कारणले उद्यमीहरू गइरहेका छैनन् । अब निर्यात रणनीति बनाउँदा आईटी उद्योग, औषधि, सिमेन्टजस्ता नयाँ खालका निर्यातमा पनि जोड दिनुपर्छ । साथै, प्रविधि र ज्ञान भित्र्याउने पनि नीति लिइनुपर्छ । अन्यथा सानातिना अनुदान र प्रोत्साहनका कामले मात्रै निर्यात सम्भावनाको दोहन गर्न सक्ने देखिँदैन ।

निर्यात बढाउने योजना नारामै सीमित, ९ महिनामा १० खर्बको व्यापार घाटा

काठमाण्डाै - नेपालको व्यापार घाटा ९ महिनामै १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको ९ महिनामा १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले धेरै हो। दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ । आयात अघिल्लो वर्षको ९ महिनाको तुलनामा १३ दशमलव १२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । ...